पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा सांगीतिक कलाकार संघले गर्यो राहत वितरण

पोखरा ।
पोखरा सांगीतिक कलाकार संघले विपन्न वर्गलाई राहत वितरण गरेको छ । ४ चरणमा पोखराका विभिन्न क्षेत्रमा वितरण गरिएको राहतले लकडाउन प्रभावित ज्यालादारी मजदुर लाभान्वित भएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए ।

राहत बाड्न सक्रिय बनेका कलाकारहरुले पहिलो चरणमा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका दलित तथा विपन्न परिवारका लागि ५२ बोरा राहत वितरण गरेर सहयोग शुरुवात गरेको थियो । चौथो दिनको राहत कार्यक्रम भने पोखराका विभिन्न वडाहरुमा गइ वितरण गरिएको थियो । उक्त दिन पोखरा–३ नदिपुर निलगिरी टोल, नयाबसपार्क क्षेत्र, भैरबटोल, पोखरा–११ फुलबारी तथा, पोखरा–१३ भद्रकाली क्षेत्रमा राहत वितरण गरिएको संघका उपाध्यक्ष गायक भाइ गुरुङले बताए ।

चौथो दिनको राहत ४५ परिवारका लागि वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा निलगिरी टोलका लागि विकास पुन, भैरबटोलमा प्राप्ती तुलाचन, चिसापानी खोलाका लागि शेरबहादुर पुन, फुलबारी विनोद वानिया र भद्रकाली क्षेत्रका लागि खिमबहादुर गुरुङ्ग र प्रिया गुरुङ्गले संयोजन गरेका थिए । उनीहरुले घरमा चुल्हो बल्न नपाएका विपन्न वर्ग र असहायकोे छनौट गरेका थिए ।

jutta mela

राहत पाएपछि ती व्यक्तिहरुको मुहार खुसी छाएको थियो । संघले मानिसको आवश्यकतालाई मध्यनजर गर्दै तरकारी बेचेर गुजारा चलाउने हेम्जाका दुइ महिलालाई उनीहरुकै आग्रहमा भैरबटोलमा राहत दिएका थिए । यसैगरि भद्रकाली मन्दिरको फेदमा रेलिङ्गमा टिन अड्याएर विगत १ वर्ष देखि वास बस्दै आएका एक मजदुरलाई पनि संघको राहत दिएको थियो । चौथो दिनको कार्यक्रममा गायक भाइ गुरुङ, विनोद वानियाँ, आनन्द बज्राचार्य, संगीतकार सुनिल थापा, श्यामसुङ्ग तामाङ, प्राप्ती तुलाचन लगायत सहभागी थिए ।

यस अघि संघले पोखरा वडा नम्बर १० तथा १५ क्षेत्रका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिसकेको छ । उक्त क्षेत्रमा ४७ घर परिवारलाई राहत वितरण गरिएको थियो । जस मध्य ३० जना अपाङ्गता भएका व्यक्तिको परिवार तथा १७ जना विपन्न परिवार थिए । यसैगरि संघले पोखरा–६ लेकसाइडका जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवार गरि ५३ परिवारका लागि पनि राहत वितरण गरेको थियो ।

लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सांगीतिक कलाकार संघले राहत वितरण गरेको हो ।

You might also like

Comments are closed.