पोखरा स्वर्णिम सिटीको आयोजनामा रक्तदान, ४१ युनिट रगत संकलन

पोखरा ।

लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमबाट ४१ युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक अरविन अर्यालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक्ट को चफ एडभाईजर चण्डी प्रसाद अर्याल र बिशेष अतिथी जि एल टि कोर्डिनेटर किसोर बरालले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अर्यालले रगत अभाव भएको समयमा क्लबले रक्तदान गरेर राम्रे काम गरेकोमा प्रसंसा गरे ।

jutta mela

कार्यक्रममा ब्लड डोनेसा डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लष्टर प्रमुख चन्द्रप्रसाद अधिकारी, रिजनचियर पर्सन मोहन सुवेदी, जोन चियरपर्सन गोबिन्दप्रसाद देवकोटा, डिष्ट्रिक्ट चियरपर्सन मोहनप्रसाद अधिकारी लगायत सहभागी थिए ।
क्लबका अध्यक्ष शक्ती बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सञ्जय पौडेलले गरेका थिए । रक्तदान कार्यक्रममा क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

You might also like

Comments are closed.