मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामाग्री

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानिलकण्ठ मन्दिर र स्थानीय विभिन्न आमा समूहलाई ११ लाख मुल्य बराबरका अत्यावश्यक सामाग्री प्रदान गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालामार्पmत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्दिरद्वारा सञ्चालित तीर्थयात्री आश्रमका लागि वेड विस्तारा सहित नौवटा आमा समूहलाई २१५ थान फलामे कुर्ची वितरण गरिएको हो ।
आश्रमका लागि २५ वटा लोवेड, ४० थान डसना र ब्लाङ्केट तथा ८० थान सिरानी प्रदान गरियो भने सिर्जनशिल आमा समूहलाई ५०, डाँडाथर आमा समूहलाई ४०, अम्विका आमा समूहलाई २५ र कोलापाटन आमा समूह र चण्डीटोल आमा समूहलाई २०÷२० थान फलामे कुर्ची वितरण गरियो । त्यस्तै नेपाल आदर्श महिला समूह, जनहित महिला समूह, नमूना महिला समूह र मुस्लिम समूहलाई १५÷१५ थानका दरले कुर्ची वितरण गरिएको हो ।

jutta mela

बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य प्रभा कोइरालाले रकम सानो भएपनि पूर्वाधार विकास कार्यक्रमले आवश्यकताको पहिचान गरि सवै क्षेत्र र वर्गलाई समेट्ने प्रयास गरेको बताईन् ।

कोईराला निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कास्की २ (ख) अनुगमन समितिको संयोजक समेत हुन् । उनका अनुसार क्षेत्र अन्तर्गतका चार जना प्रदेश सभा सदस्यमार्पmत सञ्चालन भएका २५ वटा योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि समूदायस्तरबाट सचेत हुन आग्रह गर्दै उनले समाजमा हुने प्रत्येक गतिविधिमा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर कोइरालाले तीर्थयात्रीको सुविधाका लागि मन्दिरले आश्रम समेत सञ्चालन गरेको जानकारी दिंदै अत्यावश्यक भान्छा कोठा निर्माणका लागि सहयोग गरिदिनुहुन तीनै तहका जनप्रतिनिधि समक्ष अनुरोध गरेका छन् ।

You might also like

Comments are closed.