महानगरलाई भारतीय पेन्सन क्याम्पद्वारा स्वास्थ्य सामग्री प्रदान

पोखरा ।
पोखरा महानगरपालिकालाई भारतीय पेन्सन क्याम्प पोखराले स्वास्थ्य सामग्री सहयोग गरेको छ । पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशांक त्रिपाठीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पेन्सन क्यामले एक सय थान पञ्जा र एक सय थान गम्वुट प्रदान गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा भारतीय पेन्सन क्याम्प ले गरेको सहयोगप्रति आभार ब्यक्त गदै लकडाउन खुलेपनि संक्रमण नसकिएको बताउदै थप सजक र सर्तक बन्नुपर्नेमा जोड दिए । भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशांक त्रिपाठीले कोरोना नियन्त्रणमा सानो भएपनि आफनो तर्फबाट केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

उनले यसअघि पोखरा महानगरको वडा नम्वर १० र १५ मा खाद्यान्न वितरण गरेको बताए । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री पनि प्रदान गरेको त्रिपाठीले बताए ।

jutta mela

कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वास्थ्य सामग्री प्रदानले कोरोना संक्रमण नियन्त्रमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

You might also like

Comments are closed.