महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्याण्डबल खेल प्रतियोगितामा नेपालले बिजयी हशुरु गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ को सहज जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । नेपालका लागि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालकी निशा राई र कल्पना ओलीले समान ४÷४ गोलको योगदान दिए । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २÷२ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १÷१ गोलको योगदान दिए ।

श्रीलंकाको तर्फबाट रुवानी डीले सर्वाधिक ७ गोल गरिन् भने नाडे र सासले समान ३/३ गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सी एमले समान २/२ गोल तथा उमासिका र चानिकले समान १/१ गोलको योगदान दिए ।

jutta mela

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो ।

तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो ।

भारतद्वारा मालदिभ्स ४१–९ ले पराजित

साग अन्तरगत आज भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ४१–९ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । आक्रामक भारतसामु मालदिभ्स निरिह देखिएको थियो ।

भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे । त्यस्तै खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४/४ गोल गरे । ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २÷२ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १÷१ गोल गरे ।

माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे ।

खेलको १६ औं मिनेटमा माल्दिभ्सकी नास्फा अमिराले रेडकार्ड खादै मैदानबाट बाहिरिएकी थिइन् ।

You might also like

Comments are closed.