मानव धर्ममा बाल दिवस कार्यक्रम

पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको रानीपौवा, तुलसीमार्गमा रहेको नेपाल मानव धर्म सेवा समिति, गण्डकी प्रदेशले शनिबार बाल दिवस कार्यक्रम गरेकोे छ । कार्यक्रममा बालबालिकाका लागि खेलकुद, भजन, नेतृत्व विकास सम्बन्धी कार्यक्रमको आयोजना गरिएको संस्थाका गण्डकी प्रदेश प्रमुख पिताम्बरा वाइजीले जानकारी दिइन् । यस्ता प्रतियोगिताहरुले बालबालिकाको प्रतिभा प्रष्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

बालबालिकाहरु देशको कर्णाधार रहेको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । कार्यक्रममा बालबालिकाहरुले देशप्रेम, सरसफाई र वातावरण विषयक कविता तथा रचनाहरु पनि प्रस्तुत गरेका थिए । पचास जना बालबालिकाको सहभागिता रहेको कार्यक्रममा अनुशासन र नैेतीक ज्ञान बारे छलफल गरिएको कार्यक्रम संयोजक सिर्जना मगरले जानकारी दिइन् ।

You might also like

Comments are closed.