मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य

 

आर्थिक आवाज
पोखरा, १० जेठ

मुक्तिनाथ विकास बैंक लि. को नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका छन् । बज्राचार्यले गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेका थिए । बैकिङ क्षेत्रको करिव १८ बर्षको लामो अनुभव उनी सँग छ ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

You might also like

Comments are closed.