मृगौला पीडितलाई सम्बृद्धिको आर्थिक सहयोग

पोखरा । लायन्स क्लब पोखरा सम्बृद्धिले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा अपाङ्गता महिला प्रशिक्षक र मृगौला रोग पीडितलाई आर्थिक सहयोग गरेको छ ।

शिप विकास तालिममा प्रशिक्षक भई सक्षम महिला आफैमा अपाङ्ग रहेर पु¥याएको योगदान स्वरुप चुम माया पुर्जा र पोखरा–१७ निवासी आर्थिक अवस्था कमजोर भएका बुद्धि प्रसाद सुवेदीलाई आर्थिक सहयोग सहित सम्मान गरिएको क्लबका अध्यक्ष राधिका थापाले बताएकी छन् । क्लबका महिलाहरुद्वारा संकलन गरिएको रकम सहयोग गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले क्लबले उदाहरणीय रुपमा खाने रमाउने भन्दा सहयोगी भावनाले महिलालाई सहयोग र प्रतिभा प्रस्फुटन गराउने रचनात्मक कार्य गर्नु राम्रो काम भएको बताइन् ।

jutta mela

क्लबका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा डिष्ट्रिक्टका कोचिफ एडभाइजर सुचित्रा थापा, डिपुटी चिफ एडभाइजर दुर्गा ढकाल, रिजन चियन पर्सन कल्पना श्रेष्ठ, जोन पर्सन शाल्वी मर्सानी, अमृत शोभा खत्री, पूर्व अध्यक्ष कुश्मा राणा, कार्यक्रम संयोजक रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठठ लगायतले बोलेका थिए ।

क्लबले यस वर्ष तालिम, सहयोग सहित रचनात्मक क्रियाकलापहरु गरिरहेको क्लबका सदस्य माया कुमारी शर्माले बताइन् ।

You might also like

Comments are closed.