लागूऔषध कारोबारी रानाभाट चन्द्रनिगाहपुरबाट पक्राउ

 

पोखरा ।

लागू औषध कारोबारी राम रानाभाट चन्द्रनिगाहपुरबाट पक्राउ परेका छन् । बेगनास युवा क्लवका अध्यक्ष रानाभाट साउन २४ गते लागू औषधसहित रौतहटको चन्द्रनिगाहपुर (चपुर)बाट पक्राउ परेका हुन् । चपुर ईलाका प्रहरी कार्यालयबाट गएको टोलीले ३९ वर्षिय रानाभाटलाई लागू औषधसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चपुरले जनाएको छ ।

jutta mela

रानाभाटसहित अन्य २ युवालाईसमेत पक्राउ गरिएको प्रहरी कार्यालयका ईञ्चार्ज डिएसपी हेमबहादुर साहीले जानकारी दिए । रानाभाटसँगै तनहुँ दुलेगौंडाका २८ वर्षीय मोहम्मद मुर्तुजा र बाराका २२ वर्षीय लालुदिन मिया खानपनि पक्राउ परेको उनले बताए ।

रानाभाटसहितको टोली चढेको स्पोर्टस गाडी चेकजाँच गर्दा कोरेक्स नामक लागु औषध फेला परेको साहीले जानकारी दिए ।

डिआइजी दानसिंह बोहोरा पोखरा रहँदा उनको आडमा रानाभाटले लागू औषध कारोबार खुलेआम गर्नेगरेको यसअघी आरोप लागेको थियो ।

You might also like

Comments are closed.