लायन्स क्लब अफ पोखरा पिस सिभिकमा किरण ढकाल

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकको लायन वर्ष २०२०÷२०२१ को अध्यक्षमा किरण ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा विनोद भुजेल, तृतीय उपाध्यक्षमा रेशम खड्का, सचिवमा विकास कंडेल, क्लब प्रशासकमा गणश पराजुली, कोषाध्यक्षमा मित्रवन्धु वराल, सहसचिवमा यज्ञप्रसाद तिवारी, सहकोषाध्यक्षमा हरिप्रसाद अधिकारी चयन भए ।

क्लब मेम्बरशिप चियरपर्सनमा महेन्द्र अधिकारी, एलसिआइफ कोर्डिनेटरमा नरेशप्रसाद बराल साथै निर्देशकहरुमा दुर्गा भाट, इन्द्रा राना, ईश्वरी बिसी, बिनोद बराल, सबिता शर्मा निर्वाचित भए ।

प्रमुख अतिथि रिजन ४७ का रिजन चेयर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारीले कार्यक्रमको उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले क्लबले डिष्ट्रक्टले अवलम्ब गरेका कार्यक्रमहरुलाई प्राथमिकता दिनुका साथै आफ्नो क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

jutta mela

क्लबका निवर्तमान अध्यक्ष स्थानेश्वर तिवारीको संयोजकत्वमा पवित्रराज तिवारी र बुद्धिनाथ वराल (प्रदिप) सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो । क्लबका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष विकास प्रसाद कंडेलले र स्वागत प्रथम उपाध्यक्ष किरण ढकालले, धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष रामकृष्ण तिवारीले र संचालन सचिव रेशम खड्काले गरेका थिए ।

You might also like

Comments are closed.