लायन्स व्यास सिटीद्धारा छात्रवृत्ति तथा जुत्तामोजा बितरण

तनहुँ, ६ बैशाख
लायन्स क्लब अफ तनहुँ ब्यास सिटिले सोमबार ब्यास–१२ कुर्लुङ्ग स्थित कुर्लुङ्ग प्रा बि मा एक कार्यक्रम गरी छात्रवृत्ति तथा जुत्तामोजा बितरण गरेको छ ।  कार्यक्रममा जेहेन्दार र आर्थिक अवस्था न्यून भएकी कक्षा ३ मा अध्ययनरत् छात्रा मुस्कान बिक र अन्किता सुर्खालीलाई छात्रवृत्ति बितरण गरिएको हो ।

क्लबका अध्यक्ष डा.इस्वर चन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रम लायन्स क्लब अफ नेपाल ३२५ बी १ का जोन चियर पर्सन राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले बिशुद्ध सामाजिक सेवा लाई आत्मसात् गर्दै लायन्सले स्कुललाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

उक्त कार्यक्रम मा वडा–१२ वडाध्यक्ष तोत्र बहादुर कुँवर बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष सुर्य बाहादुर बयल्कोटी प्रधानाध्यापक पदम पन्थ लगायतले क्लबले शैक्षिक क्षेत्रमा उदारणीय कार्य गरेको चर्चा गरे । त्यस्तै क्लबका अध्यक्ष वाग्लेले आफ्नो कार्यकालको अन्तमा स्कुललाई प्रत्यक्ष सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउदा खुशी लागेको बताए ।
कार्यक्रमका संयोजक शुकनारायण मल्लले र क्लबकी तृतीय उपाध्यक्ष अन्जु दाहालले सामाजिक सेवाको भावनाले आफुहरुलाई सदैव सकारात्मक मार्गमा अघि बढ्ने प्रेरणा मिलेको बताएका थिए ।

jutta mela

सोही अवसरमा श्रेष्ठले स्कुलको एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई आफुले ब्यक्तिगत रुपमा एक वर्षभरी पोशाक, शैक्षिक सामाग्री लगायत उसलाइ स्कुलमा लाग्ने खर्चको जिम्मेवारी लिएका छन् । साथै  क्लबका द्धितीय उपाध्यक्ष कुमार मल्लले समेत स्कुलमा अध्यनरत दुइ जना जेहन्दार विद्यार्थीको अध्ययन अबधिभरको सम्पूर्ण खर्च ब्यहोर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

You might also like

Comments are closed.