लायन्स सर्वोदय ज्येष्ठ नागरिक आश्रमको अवलोकन, एक लाख भन्दा बढी आर्थिक सहयोग

लमजुङ, २५ भदौ । लायन्स क्लब अफ काठमाडौं सामाखुशीद्वारा सञ्चालित लमजुङको तार्कुघाटमा अवस्थित स्थायी परियोजना ‘लायन्स सर्वोदय ज्येष्ठ नागरिक आश्रम’को बुधबार निरीक्षण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका, क्याबिनेट सेक्रेटरी बिनोद ढुंगाना सहितको टिमले आश्रमको निरीक्षण गरेको हो ।

निरीक्षण कार्यक्रममा एलसिआइएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी पास्ट मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्सालको पनि उपस्थिति रहेको क्याबिनेट सेक्रेटरी बिनोद ढुंगानाले जानकारी दिए । उक्त अवसरमा लायन्स क्लब अफ काठमाडौं सामखुसीले ज्येष्ठ नागरिकहरुको लागि ८२ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको प्रथम भाइस गभर्नर मनबहादुर रोकाले जानकारी दिए ।

jutta mela

जोन चियरपर्सन जनप्रकाश चापागाईले आफ्नो जन्मदिनको अवसरमा २५ हजार रुपैयाँ बराबरको खाद्यान्नसमेत सहयोग गरेका छन् । वि.सं. २०६८ मा लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनको आर्थिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं सामखुशी तथा सर्वोदय सेवा आश्रमको संयोजनमा स्थापित अपाङ तथा वृद्धमैत्री उक्त आश्रममा ११ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।

आश्रमले निकट भविस्यमा विशेष धार्मिक मठ मन्दिर निर्माण गर्ने, अर्गानिक खेती गर्ने तथा प्राकृतिक चिकित्सालयको निर्माण गर्ने लक्ष्य लिएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिए । सो अबसरमा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, चिफ एड्भाइजर महेन्द्र पौडेल, क्लस्टर प्रमुख चुडामणि दाहाल, रत्न पराजुली र लायन्स क्लब अफ काठमाडौं आरम्भका अध्यक्ष गीता चापागाईंले मुठिदान गर्दै जनही ४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

क्लबको स्थायी प्रोजेक्ट भएकाले लायन्स क्लब अफ काठमाडौं सामाखुसीले प्रत्येक वर्ष खाद्यान्न लगायत भौतिक पूर्वाधारमा सहयोग गर्दै आइरहेको कुरा क्लबका अध्यक्ष अम्बिका पौडेलले बताए ।

गभर्नर लम्साललाई अभिनन्दन

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर ईन्दु लम्साललाई उक्त अवसरमा अभिनन्दन गरिएको छ । लमजुङको राइनास मोहरियाकोटमा जन्मिएकी लम्साललाई स्थानीयले अभिनन्दन गरेका हुन् ।

लमजुङमा जन्मिएकी चेली लायन्सको सर्वोत्कृष्ट पदमा पुग्न सफल भएकाले आश्रमका तर्फबाट लम्साललाई अभिनन्दन गरिएको हो । उक्त अवसरमा बोल्दै गभर्नर लम्सालले लायन्सले गर्ने विविध सामाजिक कार्यक्रमलाई लमजुङका क्षेत्रमा प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता गरिन् । ‘म आज निकै हर्षित छु,’ उनले भनिन्, ‘म यो पदमा पुग्नुमा लमजुङको ठूलो योगदान छ ।’

You might also like

Comments are closed.