‘विश्वकै नमूना डिष्ट्रिक्ट बनाउने योजना छ’

लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन पोखरामा हुँदैछ । महाधिवेशनले गभर्नरमा ईन्दु लम्साललाई चयन गर्नेछ । गभर्नर पदका उम्मेदवार लम्सालसँग आर्थिक आवाजले गरेको कुराकानीः

डिष्ट्रिक्ट गभर्नर बनिरहँदा लायन्सलाई कसरी अघि बढाउने योजना छ ?
संठनात्मक हिसाबले संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको गर्भनर बन्ने सौभाग्य पाउनु मेरा लागि ठूलो कुरा हो । त्यसैले मैले आफूले आफूलाई भाग्यमानी महसुस गरेकी छु । सेवा होस् वा संगठानत्मक हिसाबले हाम्रो डिष्ट्रिक्ट ३२५ बी १ नेपाल संसारकै उत्कृष्ट डिष्ट्रिक्ट मध्येको एक हो । हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रमा सामाजिक कार्यहरू गर्ने अवसर तथा आवश्यकता धेरै छ । सेवाका भावनाले ओतप्रोत लायन्स सदस्यहरूको हातेमालो एवं सबैको साथ र एकताको माध्यमबाट समाज र समुदायमा विगत भन्दा अलि फरक र उदाहरणीय कार्य गर्दै विश्वकै नमूना डिष्ट्रिक्ट बनाउने योजना बनाएकी छु ।

महिला गभर्नरको योजनापनि फरक छ कि ?
यसअघिका गभर्नर ज्यूहरूले आफ्नो कार्यकालमा थुर्पै मानवीय सेवाका कार्यहरू गरेर हाम्रो डिष्ट्रिक्टलाई लायन्स अन्तर्राष्ट्रियको उत्कृष्ट डिष्ट्रिक्टको रुपमा पहिचान बनाइसक्नु भएको छ । पूर्व गर्भनर ज्यूहरूबाट सहयोग पाउनेमा पूर्ण रुपमा आशावादी छु । हाम्रो डिष्ट्रिक्टको पहिचान, साख र गौरवलाई कायम राख्दै रचनात्मक एवं समयसापेक्ष अनुरूपका समाज र समुदायका आवश्यकताको पहिचान गरी मुख्य कार्य योजनामा व्यक्ति वा समूहलाई बिगत भन्दा फरक र उदाहरणीय कार्यका साथमा विभिन्न किसिमका सीपमुलक तालिमहरू प्रदान गरी अवसरबाट बञ्चित एवं बेरोजगार यूवा तथा महिलाहरूलाई सीप हस्तान्तरण गरी आत्मनिभर बनाउने योजना ल्याउँदै छु ।

jutta mela

महिला गभर्नर हुँदैमा सबै कुरा नया हुने होइन । पूर्व निर्धारित योजनाहरुलाई म निरन्तरता दिनेछु । पूर्व गर्भनरज्यूहरूका महत्वपूर्ण कार्यहरू एवं उहाँहरूले आफ्नो कार्यकालमा प्राथमिकतामा राख्नुभएका मुख्य कार्यक्रमहरूलाई निरन्तरता दिने योजनामा छु । उदाहरणका लागि क्लब वृद्धि, लायन्स सदस्यता वृद्धि, नेपाल लायन्स फाउण्डेशनको विकास, पढाउँ अभियान, लायन्स लिडरसीप क्याम्प, पुस्तकालय स्थापना एवं ह्वील चियर वितरण लगायतका पूर्व गर्भनर ज्यूहरूका मुख्य कार्यक्रमहरूलाई निरन्तरता दिदँदै ‘सीपमुलक तालिमहरू संचालन गरी महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउने’ कार्य मेरो कार्यकालको प्रमुख कार्यक्रम हुनेछ ।

केही नया कामहरुको पनि शुरुवात गर्ने योजनामा छु । त्यसका लागि योजना बनाउँदैछु । सामुहिक योजना बनाएर सबैले स्वामित्व र अपनत्व लिने गरी कार्यक्रम गर्ने योजना छ ।

डिष्ट्रिक्टलाई कुन उचाईमा पु¥याउँछु भन्ने लागेको छ ?
‘सेवाको पर्यायवाची लायन्स हो’ भन्ने कुरालाई प्रमाणित गराउन लाग्नेछु । हाम्रो डिष्ट्रिक्ट हरेक क्लबहरूलाई समुदायमा समर्पित गराउँदै लायन्स सदस्यहरूलाई सेवाका कार्यहरूबाट आत्मसन्तुष्टी प्राप्त हुने गरी काम गर्ने योजनामा छौं । मेरो कार्यकालमा लायन्स हुनुको गर्व महशुष हुनेगरी कार्यसम्पादन गर्ने वातावरण तयार गर्ने छौं । समाज र समुदायलाई आभास हुने गरी विगतमा समयसापेक्ष धेरै मानवीय कार्यहरू गरी लायन्स क्लव अन्र्तराष्ट्रियको पहिचानलाई मजवुत गर्न सफल भएका छौं ।

लायन्समा महिलाको सहभागिता र भूमिका प्रभावकारी बनाउन कस्तो भूमिका खेल्नुहुन्छ ?
लायन्समा आबद्धताको हिसावले पुरुषको तुलनामा महिला सदस्यहरू अलि कम छ । हाम्रो डिष्ट्रिक्ट करिव २३ प्रतिशत मात्र महिला सदस्यहरू आबद्धता हुनुहुन्छ । यद्वपि यो लायन्समा मात्रै नभई हाम्रो नेपाली समाजमा जताततै महिलाको सहभागिता र भूमिका कमजोर नै छ । तर त्यसो भनेर मैले धर पाउन्न । म आफू महिला गभर्नर भइरहँदा अन्य महिलाको सहभागिता र भूमिकाका लागि आवाज उठाउँदै वातावरण तयार गर्नेछु । त्यसका लागि अन्य पुरुषसहित महिला साथीहरुको पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गर्दछु । डिष्ट्रिक्ट क्याविनेटमा पनि महिला प्रतिनिधित्व बढाउनका लागि पहल गर्नेछु । महिलाहरूको नेतृत्वको लागि पनि विभिन्न प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्नेछु ।

आगामी वर्ष (२०१९÷/२०) मा म आफू नेतृत्वमा गइरहँदा महिलाहरूले पनि अवसर एवं नेतृत्व पाएमा केही फरक र उदाहरणीय कार्य गर्न सक्दछन् भन्ने आभास हुने गरी महिला नेतृत्वको सफल उदाहरण प्रदान गर्ने योजनामा छु । त्यसैले लायन वर्ष २०१९÷२० मा महिलाहरूको लागि लक्षित विशेष कार्यक्रमहरू ल्याइने छ । उदाहरणको लागि नारी सम्मान कार्यक्रम, महिला स्वास्थ्य सँग सम्बन्धित लक्षित कार्यक्रमहरू (स्तन क्यान्सर सचेतना, पाठेघर समस्या सचेतना), महिला क्षमता अभिवृद्धि कार्यक्रमहरू, महिला चाडपर्व फेलोसिप कार्यक्रमहरू, स्वयम् प्रतिरक्षा कार्यक्रमहरू लगायतका थुप्रै महिला लक्षित कार्यक्रमहरू अगाडि सार्दैछु । तर म महिला भएँ भन्दैमा महिलाको लागि मात्रै काम गर्ने पक्षमापनि छैन । लायन्सको उद्देश्य अनुसार महिला पुरुष दुबैका लागि र समग्रमा सेवालाई प्राथमिकता दिएर अघि बढ्नेछु ।

Rise to Empower थिम लाई कसरी सफल बनाउने सोचमा हुनुहुन्छ ?
कुनै समुदाय वा व्यक्ति त्यो बेला कमजोर सावित हुन्छ जतिवेला ऊसँग आफूमा भएको क्षमता वा प्रतिभा प्रदर्शन गर्न सक्दैन अथवा प्रदर्शन गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले ति व्यक्तिको व्यक्तिगत क्षमतालाई विभिन्न किसिमका सीपमुलक तालिमहरू मार्फत उसलाई सशक्त बनाएर अगाडि बढाउनु नै सशक्तीकरण हो । विभिन्न सीपमुलक तालिम वा विविध कृयाकलाहरूले व्यक्ति वा समुदायलाई सशक्त बनाउन सकिन्छ । सशक्तिकरण तालिमको मूलअर्थ त्यो हो कि कुनै समुदाय वा व्यक्ति एक पंतिमा उभिएर जीवन जिउने अभ्यास गर्न सकोस् । कुनै व्यक्ति, समुदाय या संगठनको आर्थिक, सामाजिक, शैक्षिक, लैंगिक वा आत्मनिर्भरताको शक्तिमा सुधार गर्नु नै ‘सशक्तीकरण’ हो ।

जस्तै उदाहरणको लागि, माछा खान दिनु भन्दा माछा मार्न सिकाउनु पर्छ, माछा मार्न सिकाउनु भन्दा माछा पाल्न सिकाउनु पर्छ, तर ‘राइट टु इम्पावर’ले माछा मार्न मात्र होइन, माछा पाल्न मात्र पनि होइन, त्यसको बजारीकरण तथा आयआर्जन गरी जीवनयापन गर्न समेत सिकाउँछ ।

भोकालाई खान दिनु, नाङ्गालाई लगाउन दिनु, अपाङ्गलाई साहारा दिनु भन्दा फरक आफूभन्दा कम क्षमता भएकाहरूलाई वा क्षमता पहिचान हुन नसकेकाहरूको क्षमता उजागर गराउन विभिन्न किसिमका तालिम मार्फत सशक्त बनाउनु फरक र उदाहरणीय कार्य हो । त्यसैले हामीले यस बर्ष हामी Rise to Empower को माध्यमबाट सशक्तीकरणलाई अगाडि बढाउँदैछौं ।

You might also like

Comments are closed.