सलह कीरा ल्याउनेलाई आँधीखोला गाउँपालिकाद्वारा पुरस्कार

 

स्याङ्जा ।

सलह किराको नियन्त्रणका लागी स्याङ्जाका केही पालिकाहरुले पुरस्कारको व्यवस्था गरेका थिए । आँधीखोला गाउँपालिकामा बिहिबार सलह छोप्ने ४ जना पुरस्कृत भएका छन् ।

jutta mela

सलह नियन्त्रणका लागी गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो ३ सय ग्राम सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएका छन ।

बिहीवार दिउसो आँधीखोला गाउँपालिका वडा नं २ पोखरचौर बस्ने सन्दीप सापकोटा, सविना सापकोटा, टेक बहादुर भुजेल र सफल राना ले ९ किलो ३ सय ग्राम कीरा छोपेर कृषि शाखामा बझाएपछि गाउँपालिकाले उनीहरूलाई र्२ हजार ७ सय ९० रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिएको बताए ।

यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए ।

You might also like

Comments are closed.