सामाजिक काममा सक्रिय बन्दै संसारकै पहिलो महिला लायन्स क्लब

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी महिलाहरु मात्र सदस्य रहेको संसारकै पहिलो लायन्स क्लब हो । स्थापनादेखि सामाजिक काममा सक्रिय रहेको क्लबले यस वर्ष पनि उत्कृष्ट कार्यहरु गर्दै आएको छ ।

उत्कृष्ट कार्यको मूल्यांकन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लागि अगस्ट महिनाको लायन्स अफ द मन्थ बन्न क्लबका अध्यक्ष हिरा भट्टराई सफल भएकी छन् । विशेष गरी क्लबले गभर्नरको मुख्य नारा ‘राइज टु इम्पावर’ अन्तर्गत रहेर विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । क्लबले मोडा बुन्ने तालिमको समापनसँगै हस्तकला उद्योगको स्थापना पनि गरिसकेको अध्यक्ष भट्टराईले बताइन् ।

jutta mela

यसैक्रममा सदस्यको नेतृत्व तथा व्यत्तित्व विकासका लागि क्लबले तालिम सञ्चालन गरेको छ । ४ दिनसम्म चलेको तालिमको आइतबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

तालिमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन कार्यक्रम डिष्ट्रिक्ट कोचिफ एडभाइजर सुचित्रा थापाको प्रमुख आतिथ्यतामा भयो । कार्यक्रम संयोजक रिजन चेयर पर्सन शारदा शर्माले गरेकी थिइन् भने सञ्चारिका समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्माले तालिमको सहजीकरण गरिन् ।

You might also like

Comments are closed.