सेती गण्डकीद्वारा रामकोश फुलबारी स्कुललाई सहयोग

स्याङ्जा । लायन्स क्लब अफ पोखरा सेती गण्डकीले स्याङ्जाको श्री रामकोश फुलबारी सेकेन्डरी स्कुललाई टेबुल, कुर्सी, कार्पेट लगायतका सामग्री सहयोग गरेको छ ।
क्लबले ४ वटा टेबुल, २५ वटा कुर्सी र २ रोल कार्पेट सहयोग गरेको सचिव तथा कार्यक्रम संयोजक सोमिता खड्काले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सेती गण्डकीले सामाजिक क्षेत्रमा राम्रा तथा रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अोम खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु सुवेदी, संगम टोल विकास संस्थाका अध्यक्ष सारदा सुवेदी लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष शुभद्रा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य डिपार्टमेन्ट चिफ एवं पूर्व अध्यक्ष मीलन थापाले र कार्यक्रम सञ्चालन सचिव तथा कार्यक्रम संयोजक सोमिता खड्काले गरेकी थिइन् ।

You might also like

Comments are closed.