स्पेनमा बस्ने नेपालीले गरे परियारलाई सहयोग

 

लेखनाथ ।

स्पेनको वार्सिलोनामा वसोवास गर्दै आएका नेपाली दाजुभाईहरुको एक समुहले कास्कीको पोखरा महानगरपालिका वडा नं २६ का डम्वर वहादुर परियारलाई आर्थीक सहयोग गरेको छ ।

jutta mela

२०७५ साल असारमा मोटरसाईकल दुर्घटना परि दुबै हात गोडा भाच्चिएर घाईते भएका परियारको औषधी र थप उपचारमा समस्या देखा परेपछि स्पेनमा वसोवास गर्दै आएका विशाल ढुगानाको अग्रसरतामा रु १ लाख सात हजार पाँच सय ७५ सहयोग गरिएको हो ।

पहिलो उपचार पछि पुन समस्या दोहोरीय पछि परियारको थप उपचारको लागि आर्थिक अभाब भएकोले स्पेनी नेपाली दाजु भाईहरुको प्रयासमा रकम संकलन गरि परियारलाई हस्तान्तरण गरिएको हो ।

माओवादी द्धन्दकालमा द्वन्दपिडीत समेत रहेका परियारलाई उक्त रकम अभियानका संयोजक विशाल ढुगानाका बुवा बद्रिनाथ ढुगानाले हस्तान्तरण गरेका हुन् ।

You might also like

Comments are closed.