शिवालय बाल क्लब पुनर्गठन

पोखरा, ६ जेठ
कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा निश्चल ओझा, कल्पित ओझा, सौरभ अधिकारी, सन्दिप सुवेदी, करिश्मा पन्थ र राजेश सुर्खाली रहेका छन् । विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावी संरक्षक रहेको क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल रहेकी छिन् ।

यसै बीच,क्लबका सदस्यहरुका लागि विद्यालयमा बाल क्लब व्यवस्थापन तथा बाल अधिकारसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा भएको तालिममा सो संस्थाकी फोकल पर्सन निकिता कोइरालाले तालिम दिएकी थिइन् । क्लबले विद्यालयमा पाक्षिक रुपमा भित्ते पत्रिका प्रकाशनका अलावा विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

You might also like

Comments are closed.