ड्याटसनको प्रि–बजेट अफर पोखरामा ३ लाख ९४ हजारसम्म छुट

आर्थिक आवाज
पोखरा, ९ जेठ ।

ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले प्रि–बजेट अफरको रुपमा बजेट अफर ल्याएको छ । ड्याट्सनको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थ्रिएस ट्रेड हाउसले पनि सोही अफर अन्तर्गत गाडी बिक्री गरिरहेको छ ।
यस अन्तर्गत ड्याटसन गाडी किन्दा विभिन्न छुट प्राप्त गर्न सकिने छ । ड्याटसन रेडी गो किन्दा २ लाख ६५ हजार, पुरानो ड्याटसन गो किन्दा ३ लाख ७० हजार, ड्याटसन गो प्लस किन्दा ३ लाख ९४ हजार र नयाँ ड्याटसन गो किन्दा १ लाख ७१ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिने छ ।

यी वाहेक गाडी किन्दा ८ वटा बजिङ अफर प्राप्त गर्न सकिने बताइएको छ । यस अन्तर्गत फ्रि एसेसरिज, अन द स्पट फाइनान्स, स्पट भ्यालुएसन र एक्सचेन्ज, प्रत्येक टेष्ट ड्राइभमा फ्रि गिफ्ट, क्यास डिस्काउन्ट, १ वर्ष सम्मको सडक दस्तुर फ्रि, ३ वर्षको वारेन्टी र ३ वर्ष सम्मको फ्रि सर्भिस सुविधा प्राप्त गर्न सकिने थ्रि एस ट्रेड हाउसका प्रवन्ध निर्देशक गोपाल बरालले जानकारी दिए ।

jutta mela

नेपाली बजारमा ड्याटसन गोको मूल्य २४ लाख ९९ हजार देखि २६ लाख ९९ हजार, ड्याटसन गो प्लसको मूल्य २७ लाख ४९ हजार र ड्याटसन रेडी गोको मूल्य १५ लाख २५ हजारदेखि २० लाख ५९ हजार रुपैयाँसम्म छ ।

You might also like

Comments are closed.