पारिश्रमिकको तीस लाख सामाजिक संस्थालाई

 

दमौली । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको रु तीस लाख ९८ हजार सामाजिक संघ संस्थालाई सहयोग गरेका छन् ।

पारिश्रमिकबापतको रकम विभिन्न संघ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।

“मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठले भने ।

You might also like

Comments are closed.