पोखरा, १८ माघ ।
पोखरा महानगरपालिका वडा नं ९ मा तीनदिने बोल्ने कलाको तालिम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं ९ को सहयोगमा तमुधिं नेपाल केन्द्रीय आमा समितिले तालिमको आयोजना गरेको हो ।
तालिममा ३६ जना तमु आमा दिदीबहिनीहरुको सहभागिता थियो । समितिकी सचिव बिना घलेको संयोजकत्वमा सञ्चालित तालिममा संचारकर्मी हुमबहादुर तमु र महिला नेतृ सरस्वती तमुले सहजीकरण गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्दै बोल्ने कला सिकेर व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले कार्यक्रमलाई गुणात्मक रुपमा लैजान समेत आयोजक समक्ष आग्रह गरे ।
यसभन्दा अघि वडाभित्रका धेरै महिला समुहहरुलाई उद्घोषण कला, लेखा, बुटिक बनाउने र दलित समुदायमा पञ्चे बाजाका कार्यक्रमलाई महानगरको वडा नं ९ ले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो । उनले आगामी दिनमा समेत वडाबाट यस्तो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।
तालिमको सहभागीहरू मध्येबाट उत्कृष्ट भई प्रथम हुन सफल नागबेली तमु समाजकी देवी तमुलाई प्रमुख अतिथि लामिछानेले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा तीन दिनको उदघोषण कला सिक्ने क्रममा आमा, दिदी बहिनीहरूले आफूभित्र रहेको डर र अप्ठेरोपनलाई हटाउदै मञ्चमा उभिएर बोल्न सक्ने महशुस गरेको सहभागीहरुले अनुभव सुनाए । तालिमका प्रशिक्षक हुमबहादुर तमुले आमा, दिदी बहिनीहरूलाई आफ्नो समाजका कार्यक्रम आफैले सञ्चालन गर्न सक्ने बन्नका लागि प्रेरित गरे ।
Comments are closed.