काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन्। कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद शेख आलम, विजय श्रेष्ठ, चन्द्र सुनार, सुशील पौडेल र सन्तोष राइले स्वर्णपदक हात पार्न सफल भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशका राजनकुमार पाइजा, प्रतीक घर्तीमगर, सक्षम लामा, विशाल थापा मगर, अङ्कित गुरुङ शेरचन, प्रज्वल गुरुङ र सुमन बानियाँले रजतपदक हात पार्न सफल भएका छन् ।
त्यस्तै आजै सम्पन्न भएको महिला टिम कुमुटेमा बागमती प्रदेशका रोजिता ढुङ्गेल, रमिता माझी, कोपिला लिम्बू र सोनु श्रेष्ठले टिमलाई स्वर्णपदक जिताउन सफल भएको छ। नेपाल प्रहरीका सोनी राई, सविना श्रेष्ठ, एरिका गुरुङ र सुनिता महर्जनले रजतपदक हात पार्न सफल भएका छन् ।
उन्नाइस इभेन्टमा नौ स्वर्णपदकसहित नेपाल प्रहरी टिम च्याम्पियनसहित मेडल हात पार्दै प्रगियोगितामा उत्कृष्ट सावित भएको छ। खेल सकिएसँगै खेलाडी घर फर्किनेक्रम सुरु भएको खेल संयोजक राम श्रेष्ठले जानकारी दिए।
Comments are closed.