सात महिनामा व्यास नगरपालिकाको आय ६० करोड ५० लाख

आर्थिक आवाज
तनहुँ, फागुन १ । व्यास नगरपालिकाले चालू आर्थिक वर्षका लागि कुल १ अर्ब १२ करोड २४ लाख ३४ हजार रुपैयाँको आयव्यय अनुमान गरेकोमा १ अर्ब २० करोड २२ लाख ७५ हजार ५ सय रुपैयाँको संशोधित आयव्यय पास गरेको छ । चौथो नगरसभामा नगरपालिकाका उपप्रमुख मीरा जोशीले प्रस्तुत गरेको सो आयव्यय सभाले पारित गरिएको हो ।

चालू आबका लागि कूल एक अर्ब १२ करोड २४ लाख ३४ हजार रुपैयाँको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म ६० करोड ४९ लाख २६ हजार ५ सय रुपैयाँ यथार्थ आय हुन आएको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
आन्तरिक स्रोततर्फ असारसम्म ४ करोड ११ लाख रुपैयाँ अनुमान गरिएकोमा माघ २५ गतेसम्म १४ करोड ७२ लाख ७९ हजार रुपैयाँ आम्दानी हुन आएको उनले बताए । बाह्य तथा अन्य आयमा ९८ करोड १३ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकामा ५२ करोड ८३ लाख ४७ हजार ५ सय रुपैयाँ यथार्थ आय हुन आएको छ ।

You might also like

Comments are closed.