चर्को व्याजदरको विरुद्धमा धनगढीमा पनि विरोध प्रदर्शन

काठमाडौं । पुस ३ गते नाडाको सुदुर पचिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यही २०७९ मंसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत यस एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो ।

सो एसोसिएसनले धनगढीमा चर्को व्याजदरको विरोधमा अटोमोवाइल्स व्यवसायीहरुले शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि नेपालका बैंक लगायतका वित्तिय निकायहरुको कायम राखेको चर्को व्याज दरको कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेकोे धारणा सो एसोसिएसनका अध्यक्ष पुष्कर ओझाले राखेका छन् ।

नेपालको अटोमोबाइल्स व्यवसाय लगाएत देशको समग्र उद्योग व्यावसाय नै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको व्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, जस्ता माग राख्दै धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

सो एसोसिएसनले आजै नेपाल राष्ट्र बैंकका निर्देशक मार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र समेत बुझाएको छ । नाडाले आफना ७ वटै प्रदेश एशोसिएशनहरु मार्फत प्रथम चरणको आन्दोलन सम्पन्न गरेको छ ।

 

You might also like

Comments are closed.