काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा जारी ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ पुस ५ गते मंगलबार सकिने भएको छ । जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गर्दै फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालले आयोजना गरेको मेला यस अगाडि ७ गतेसम्म चल्ने बताइए पनि विविध कारणले २ दिन अगाडि नै समापन हुने संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेला अन्तिम चरणमा आएसँगै ग्राहकको आकर्षण देखिएको आयोजकको भनाइ छ । मेलामा १५ देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले मेलाप्रति ग्राहकको आकर्षण बढ्दै गएको संयोजक उपाध्याय बताउँछन् ।
मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएका छन् । मेलामा बालबालिकादेखि वृद्धसम्म सबैलाई मिल्ने लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु मेलाका सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए ।
बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टलहरु राखिएका छन् ।




Comments are closed.