राहदानीका लागि रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

काठमाडौं ।रसुवामा सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन राहदानीका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ ।

हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् ।

नियमसङ्गत तरिकाले जिल्ला प्रशासन कार्यालयमा पेश भएका माग पत्रलाई आजको आजै सम्बोधन गर्दै कार्यसम्पादन गर्ने गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण केही राहत मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।

सरदरमा दैनिक १०/१२ सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भराउने गरेका छन् ।त्यस्तै, प्रजिअ अधिकारीले विपद् व्यवस्थापनका लागि सवै सुरक्षा अंगलाई आवश्यक साधनसहित तयारी हालतमा राखिएको बताएका छन् ।

 

You might also like

Comments are closed.