सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनिर्मित आई.सि.युु कक्षको उद्घाटन

काठमाडौं ।  खजुरा ७, बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनिर्मित आई. सि. युु कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन तथा निरिक्षण गरेका छन् ।

कार्यक्रममा मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, महानिर्देशक, नीति तथा योजना महाशाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्पतालको ईतिहास, वर्तमानको अवस्था र भविष्यको कार्ययोजना तथा यस अस्पतालले सीमित श्रोतसाधन तथा जनशक्तिको भरमा प्रदान गरिरहेको विशिष्ठिकृत सेवाको अवस्था एवं चुनौतिहरुबारे अस्पताल परिवारबाट जानकारीमुलक प्रस्तुतिकरण एवं अन्तरक्रिया पनि गरिएको अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले जानकारी दिए ।

jutta mela

You might also like

Comments are closed.