नेपाल आयल निगमको नायब प्रबन्ध निर्देशकमा गोइत

पोखरा । नेपाल आयल निगमका निर्देशक ई. वीरेन्द्र गोइतको बढुवा भएको छ। उनलाई नायब प्रबन्ध निर्देशक पदमा बढुवा गरिएको हो। आपूर्ति तथा वितरण विभाग प्रमुख रहेका गोइतको योग्यता पुगेको झण्डै दुई वर्ष ढिला गरी बढुवा भएको हो ।

नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि सिफारिस भएकोमा सञ्चालक समिति बैठकले वरिष्ठताका आधारमा गोइतको बढुवा गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

jutta mela

जनकपुर घर भएका गोइतले ५२ सालमा सातौं तहमा निगम प्रवेश गरेका थिए। निगममा २७ वर्षदेखि कार्यरत उनले केही समय प्रवक्ताको जिम्मेवारीसमेत बहन गरेका थिए ।

देशभरको इन्धन आपूर्ति र वितरणमा दख्खल राख्ने गोइत निगमको थानकोट, भैरहवा, नेपालगञ्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएरसमेत काम गरिसकेका छन्। गोइत मेकानिकल इञ्जिनियर हुन्। उनलाई बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ।

You might also like

Comments are closed.