५ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार ओरालो लागेको सुनचाँदीको मूल्य मंगलबार फेरि उकालो लागेको छ । सोमबार तोलामा ७ सयले घटेको छापावाल सुन मंगलबार फेरि तोलामा ५ सय रुपैयाँमा बढेको छ । आइतबार एकैदिन तोलामा २९ सय रुपैयाँ बढेर सुनको हालसम्मकै उच्च मूल्य तोलाको १ लाख १० हजार पुुगि नयाँ रेकड बनाएको थियो ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भई करोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै मंगलबार चादी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.