सूर्योदय वोमि लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं  । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाका सेयरधनीहरु निलम कुमार जि.टी. को ३ हजार कित्ता  सेयर र प्रकाश थापा मगरको ४ हजार कित्ता  सेयर गरी कुल ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा  लघुवित्तले ल्याएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कपोरेट कार्यालय ललितपुरमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्ने लघुवित्तले जनाएकाे छ ।

You might also like

Comments are closed.