सालकको खपेटासहित महिला पक्राउ

काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।प्रहरी प्रभाग गोङ्गबु काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

You might also like

Comments are closed.