जन्मदिनमा पुस्तक सहयोग

तनहुँ, चैत १४
व्यास ४ स्थित पराशर कलेजकी उपप्राध्यापक तथा क्रियाशिल पत्रकार महिला तनहुँकी सदस्य प्रकृति न्यौपानेले २८औँ जन्मदिनको अवसरमा पुस्तक सहयोग गरेकी छन् ।
व्यास २ दमौलीमा युवाहरुको सक्रियतामा सञ्चालित बौद्धिक सार्वजानिक पुस्तकालयलाई न्यौपानेले करिब २ दर्जन पुस्तक प्रदान गरेकी हुन् ।

पुस्तक हस्तान्तरण गर्दै उनले भड्किलो परम्परालाई निरुत्साहित गरि जन्मदिनलाई सिर्जनात्मक रुपले मनाउन सुझाव दिइन् ।  जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने प्रवृत्ति न्युनिकरणको उद्देश्यले प्रदान गरिएका पुस्तकहरु पाठकहरुका लागी उपयोगी बन्ने उनले विश्वास व्यक्त गरिन् ।

उनले साहित्य, दर्शन र विज्ञानसँग सम्बन्धीत पुस्तकहरु पुस्ताकलयका उपाध्यक्ष सन्देश अधिकारी र सचिव सुस्मिता रेग्मीलाई हस्तान्तरण गरेकी हुन् ।

You might also like

Comments are closed.