निर्माण व्यवसायी संघले रजत जयन्ती मनाउने

तनहुँ, १९ चैत

निर्माण व्यवसायी संघ तनहुँले स्थापनाको २५ वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । संघले यही चैत २५ र २६ गते विविध कार्यक्रम गरी रजत जयन्ती समारोह मनाउने तयारी गरेको हो । संघले २५औं वार्षिक साधारण सभा तथा ११औं जिल्ला अधिवेशनका अवसरमा रजत जयन्ती समारोह पनि मनाउने तयारी गरेको संघका अध्यक्ष वसन थापाले बताए ।

रजत जयन्तीका अवसरमा वृद्धाआश्रमलाई खाद्यन्न सहयोग, रजत जयन्ती विशेष स्मारिका २०७५ र नयाँ वर्ष २०७६ को क्यालेण्डर विमोचन गर्ने कार्यक्रम तय भएको अध्यक्ष थापाले जानकारी गराए ।

१ सय ७८ निर्माण व्यवसायी आबद्ध रहेको उक्त संघले रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै विधान संशोधन, नयाँ कार्यसमिति चयन पनि गर्ने संघका कावा महासचिव रामचन्द्र पौडेलले बताए ।
यस्तै, उक्त अवसरमा निर्माण व्यवसायीहरुले प्राविधिक तथा गुणस्तरहिन सामाग्रिका कारण झेल्नु परेका समस्या तथा व्यवसायीका हकहितका विषयमा छलफल गरिने तयारी गरिएको संघका संस्थापक अध्यक्ष रामचन्द्र न्यौपानेले बताए ।

You might also like

Comments are closed.