पोखरामा सिट्रोन कार बुकिङ गर्ने ग्राहकलाई डेलिभरी सुरु

पोखरा । पोखरामा सिट्रोन कारको डेलिभरी सुरु भएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सले सिट्रोन गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । पोखराको नयाँ बजारमा रहेको शोरुममा मंगलबार पोखरा १७ बिरौटाका सागर गुरुङलाई सिट्रोन इभी हस्तान्तरण गरिएको प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

पोखरामा गत साता मात्रै सिट्रोनको शोरुम र सिट्रोन गाडी सार्वजनिक भएको हो । ‘एक साताको अवधिमा सिट्रोन गाडीमा ग्राहकको आकर्षण देखिएको छ,’ बरालले भने, ‘गाडी बुकिङ भइरहेको छ । अब क्रमशः डेलिभरी दिन्छौं ।’

पोखरामा सिट्रोन ई–सी ३ र सी ३ उपलब्ध छन् । ‘विशेष गरी सिट्रोनको विद्युतीय गाडीमा धेरैको चासो देखिएको छ । टेष्ट ड्राइभ गर्नेहरुले गाडी मन पराउनुभएको छ,’ बरालले भने ।

सिट्रोन ई–सी३ को लाइभ भेरिन्टको मल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

सिट्रोनको लागि नेपालको एक मात्रै आयातकर्ता साँग्रिला मोटर्स प्रालि हो ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।

सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

You might also like

Comments are closed.