काठमाडौंमा नेटा भी को एक्स्चेन्ज क्याम्प

काठमाडौं । सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुक ग्राहकका लागि एक्स्चेन्ज क्याम्प गरेको छ । असोज २४ गतेदेखि शुरु भएको क्याम्प २८ गते काठमाडौंको बिशालनगर स्थित शोरुममा संचालन भईरहेको छ ।

प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले नेटा भी इभी प्रेमीको रोजाईमा परिरहेको र दसैंलाई लक्षित गरी सिजि मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कुरा कम्पनिद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २,००,००० कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३% हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

 

You might also like

Comments are closed.