काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप ( बालाजु अटो वर्कस)ले सेवाग्राहीको सुविधाका लागि कुपन्डोल, ललितपुरमा नया ट्विन पीक २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
सोमबार २ एस सर्भिस सेन्टरको उद्घाटन क्षेत्रीय प्रबन्धक ए.पी.ए.सी. र समर्थन कार्यहरू ( अन्तर्राष्ट्रिय अपरेसन्स् , महिन्द्रा एण्ड महिन्द्रा ( जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा ( चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको बताइएको छ ।
अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप ( बालाजु अटो वर्कस)ले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको बताइएको छ ।
Comments are closed.