एफ डि मोटर्स र नबिल बैंकबीच सहज कर्जा सेवा सम्वन्धी सम्झौता

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोटर्स) र नबिल बैंक लि. बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।

जस अन्र्तगत कुनै पनि ग्राहकले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न बताइएको छ ।

एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य २ लाख ६१ हजार ९ सय ९९ रुपैयाँ र एफ फाइब ए को मुल्य रु. २ लाख९७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । छिटै ग्रन्थ ई भीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीको लागि ल्याउने बताएको छ ।

एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ बिषेश बिषेशताका कारण र सो बिशेषताका बाबजुत पनि यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भएको बताइएको छ ।

You might also like

Comments are closed.