ग्लोबल आईएमई लघुवितको ११औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई लघुवित वित्तीय संस्था लि. को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बुद्धि अकेलाको अध्यतामा पोखराको लेकसाइड रिट्रिट वेष्ट रिसोर्टमा आइतबार साधारणसभा भएको हो ।

साधारण सभाबाट संस्थाको वार्षिक आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सेयर धनिहरुलाई चुक्ता पूंजीको १० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ । ती प्रस्तावहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछन् ।

उक्त अवसरमा बोल्दै संथाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले संस्थाको वित्तीय अवस्था र भावि योजनाका बारेमा बोलेका थिए । विषम परिस्थितिमा पनि कम्पनीले तुलनात्मक रुपमा राम्रो प्रगति गरेको बताउँदै उनले सबैको साथ र सहयोगबाट कम्पनीले आगामी दिनमा वित्तीय अवस्थालाई अझै सुधार गर्दै अगाडि बढ्ने बताए ।

साधारण सभाको अवसरमा आव २०७९/८० मा संस्थामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई ट्रफि तथा नगद पुरस्कार सहित माला लगाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.

Secret Link