काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
उक्त खाता अन्तर्गत ग्राहकले न्युनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ, वेव बैंकिङ, एटिएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ (टिएमएस) र मेरो शेयर खाता साथै लकर सुविधामा ५० प्रतिशतसम्म छुट सुविधा पाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनैपनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ. ।
गरिमा विकास बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको जनाइएको छ । काठमाडौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १ सय २३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।







Comments are closed.