काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग“ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स र वित्तिय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरी यस क्षेत्रमा सेवा पु¥याई रहेको फाइनान्स फ्रेन्ड प्रा.लि. बीच सोमबार वित्तिय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाइ विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ ।
साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक विनोदराज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गरेका छन् । यस सहकार्य पछि फाइनान्स फ्रेन्ड प्रा.लि. ले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित वित्तीय तालिमका कार्यक्रमहरु उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्नेछ ।
राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।







Comments are closed.