पोखरा । राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय पोखराले ५९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेकोछ । नियमित कारोबार गर्ने सेवाग्राहीलाई बैंकले सम्मान गरेको हो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
पोखरास्थित प्रादेशिक कार्यालयको नवनिर्मित भवन नयाँबजारमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि आलेले देशकोे आर्थिक क्षेत्रमा बैंकको योगदान महत्वपूर्ण रहेको मन्त्री आलेले बताए । नाफालाई मात्रै नहेरे सेवालाई प्राथमिकता दिन उनले आग्रह गरे ।
राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका उप–प्रबन्धक बिदुर भूषण क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य, नाडाका पूर्व उपाध्यक्ष एवं मोनिका सप्लायर्सका संचालक मोहनबाबु खड़्काले लगायतले बैंकको योगदानका बारेमा चर्चा गरेका थिए ।






Comments are closed.