पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारीको क्षमता अभिवृद्धि गर्न पठन संस्कृति कार्यक्रम शुरुवात गरेको छ ।
संस्थामा कार्यरत कर्मचारीको पठन संस्कृतिलाई थप मद्धत पु¥याउने अभिप्रायले संस्थाले ४ वटै कार्यालयमा हरेक महिनाको अन्तिम शुक्रबार १ घण्टा अध्ययनको लागि समय व्यवस्थापन गरेको छ । अबदेखि प्रत्येक कर्मचारीले हरेक महिना एउटा पुस्तक अनिवार्य पढ्नै पर्दछ, र आफुले पढेको पुस्तकको समीक्षात्मक प्रतिवेदन समेत संस्थामा पेश गर्नुपर्दछ ।
पछिल्लो समय प्रविधिको विकास संगै पुस्तक तथा पत्रपत्रिका पढ्ने, हातले लेख्ने र रेडियो सुन्ने जस्ता संस्कार हराउदै गएको छ, कम्प्यूटर, मोवाईल र ल्यापटपमा मात्र भरपर्दा एकातिर आँखामा समस्या आउने गरेको छ भने अर्कोतिर लिखित दस्तावेज र पुस्तकको अध्ययन गर्ने बानी हट्दै गएकोले यसको जगेर्ना गर्न समेत पठन संस्कृतिको विकास गरिएको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
संस्थामा ५० जना बढी कर्मचारी कार्यरत रहेका छन् । संस्थाले प्रधान कार्यालयमा पुस्तकालय तथा सहकारी प्रदर्शनी कक्ष र हरेक सेवाकेन्द्रहरुमा मिनि लाईब्रेरीको अवधारणा अगाडि सारेको छ ।
श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको अवसर पारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रम शुभारम्भका दिन चारवटै कार्यालयका कर्मचारीले आफुले मन परेको एक एक वटा पुस्तक लिएर आएका थिए । ती पुस्तकहरु गोलाप्रथाको माध्यमबाट एकले अर्को साथीसंग साटफेर गरेर अध्ययन संस्कारको शुरुवात गरिएको छ ।
अब हरेक महिनाको एक दिन एक घण्टा सबै कर्मचारीहरुले संस्थाको अध्ययन कक्षमा बसेर आफुले मनपर्ने पुस्तक पढ्छन्, र यसले कर्मचारीमा सकारात्मक उर्जाको विकास हुने संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकाल बताउँछन् ।
Comments are closed.