काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सूचांकहरु उत्कृष्ट रहेको जनाउँदै वित्तीय विवरण सार्वजनिक गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारालाई आत्मसात गर्दै बैंकले उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको बैंकले जनाएको छ । ‘बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ओभरल फाइनान्सियल इन्डिकेटर्समा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा बैंक ग्राहकको रोजाईमा पर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई प्रस्ट पार्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वित्तीय परिसूचकमा एनआइसी एशियाकोे अवस्था यस्तो छ :







Comments are closed.