काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले मार्च महिनामा आफ्नो सातौँ बार्षिकोत्सब मनाउँदैछ ।
बिगत सातवर्षमा फेयरफिल्डले लक्जरी, आरामदायी र साँस्कृतीक विविधताको सहितको सेवा प्रदान गरी सेवाग्राहीलाई सन्तुष्ट सेवा दिन सफल भएको छ । सातवर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।
आथित्य सेवाका लागि तिन उत्कृष्ट रेष्टुराँहरु रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ठ स्वाद रहेकाले पनि फेयरफिल्ड ग्राहकको रोजाईमा परेको छ ।
काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं शहर नियाल्दै इटालियन र स्पेनिस खानाको स्वाद लिने अवसर मिलाइएको छ । कुनैपनि रेष्टुराँमा बसेर मेन्युबाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिँदै आएको छ ।
ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर दश मिनेटको दुरीमा रहेको छ । दरबारमार्ग पाँच मिनेट भन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौंका स्थानीय जीवनलाई नजिकबाट नियाँल्दै यहाँको रात्री जिवन होस् या साँस्कृतिक विविधताले सबै उमेर समुहलाई लोभ्याइरहेको हुन्छ ।
काठमाडौंका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमराले स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सातबर्षे यात्रा सफल बनाइदिएकोमा धन्यवाद दिदै आगामी दिनमा सेवा र सुविधालाई थप विस्तार गरेर लैजाने प्रतिबद्धता जनाए ।
Comments are closed.