पोखरा । आर्दश टोल विकास संस्था पोखरा महानगरपालिका वडा नं ६ बैदामको अध्यक्षमा सोमनाथ अधिकारी चयन भएका छन ।
संस्थाको शनिवार पुर्नगठित प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो । संस्थाको उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिवमा कविता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, ससचिवमा मैनादेवी रावत लम्साल चुनिएकी छन् ।
सदस्यहरुमा विरबहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमती थापा, रामबहादुर सुनार, दुर्गा पहारी, इन्द्रबहादुर नौमाग, रजनी परियार, उषा गुरुङ, बाबुकाजी श्रेष्ठ र बुद्दिबहादुर क्षेत्री चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघि भएको संस्थाको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ६ का टोल समन्वय समितिका संयोजक गिरीराज अधिकारीले यस वडामा रहेका २७ वटा टोल विकास संस्थामध्ये आर्दश टोल सुधार संस्था अरु भन्दा फरक रहेको बताए । संस्थाले समाज रहेका विकृती विसंगतीलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा समेत योगदान गरेको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं ६ का वडा सदस्य बासु बरालले संस्थाले समाजमा रहेको विकृती विसंगती सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन आग्रह गरे । समिति सदस्य विरबहादुर विश्वकर्माले सदस्यको क्षमता विकास गर्नेे तालिम र अभिमुखीकरण जस्ता कार्यक्रमहरु ल्याउन नवगठित समितिलाई आग्रह गरे ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले अगामी दिनमा सदस्यको आर्थिकस्तर सुधार गर्न वडा कार्यालयसंग समन्वय गरेर सिलाइ कटाइ, सिङ्कके धुप र मैनबत्ती बनाउने लगायतका तालिम आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष धर्मबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सन्दिप विश्वकर्मा लगायतले संस्थाले समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गर्दै सदस्यको क्षमता अभिवृद्धी देखी आर्थिकस्तरमा वृद्धी हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाव दिएका छन् ।
Comments are closed.