काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, ¥याली तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयले वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका हुन् ।
विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा विद्यार्र्थी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको बैंकले जनाएको छ ।
देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालन भएको वित्तीय साक्षरता कार्यक्रममा विद्यार्र्थी, स्थानीय युवाका साथै रोजगार व्यक्ति, किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, महिला तथा विप्रेषण प्रापक लगायत सहभागी थिए ।
कार्यक्रमबाट करिब एक हजार नागरिकलाई बचत, कर्जा लगानी, सफा नोट, विद्युत्तीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी जानकारी दिइएको छ ।
बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरताबारे जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युत्तीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुन सक्ने जोखिम सम्बन्धी निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरेर विश्व वित्तीय सप्ताह सफलतापूर्वक सम्पन्न भएको बैंकले बताएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात् गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।






Comments are closed.