काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
विभिन्न ३१० कम्पनीका ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह ० दशमलव ०६, जीवन बीमा समूह ० दशमलव १८ र व्यापार समूह ० दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ११ र जलविद्युत् समूह १ दशमलव ५८ प्रतिशतले बढेको छ ।
डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार ६२४ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.