काठमाडौं । महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्यको थालनी गरिएको छ ।
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका हुन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने उद्धेश्य राखेको छ ।
७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीको विकास, दिगो व्यापार वृद्धिका लागि सहजिकरण र जीविकोपार्जनमा सहयोग पु¥याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए ।
नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उद्धेश्य राखेको छ ।
यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमको बिजनेश भायबिलिटी बढाउन मद्दत पु¥याउने अपेक्षा राखिएको छ ।
Comments are closed.