मिस्टर एण्ड मिस नेशनल २०२४’ का अन्तिम ३० प्रतिष्पर्धी घोषणा

काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतिष्पर्धी छनोटको घोषणा भएको छ । बुधवार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनललिस्ट सार्वजनिक गरिएको हो ।

देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत प्रतिष्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेशनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए । स्यास सेरेमोनीमा सबै प्रतिष्पर्धीलाई प्रतियोगी अङ्क समेत प्रदान गरिएको हो । स्यास ग्रहण गर्दै प्रतियोगीले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकाङ्क्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पु¥याइरहेको बताए ।

यस पटकको प्रतिष्पर्धामा चिकित्सक, विद्यार्थी, मोडल, राष्ट्रिय खेलाडी लगायतका पेशाका युवा युवतीले यसपटक भाग लिएका छन् । देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिने र छनोट भएका सबै प्रतियोगीको पोर्टफोलियो शूट समेत गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेतालाई साढे २ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मीडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्नका निम्ति पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्ड पठाइने बताइएको छ । प्रतियोगितामा प्रतियोगीले ट्यालेन्ट राउण्ड, टप मोडल राउण्ड, इलेजेन्स राउण्ड, फिटनेस राउण्ड, स्वीम वेयर राउण्ड, जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षारोपण गर्ने विशेष योजना रहेको बताइएको छ ।

प्रतियोगिताको टप मोडल राउण्ड र स्वीम वेयर राउण्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिप्लाइनमा आयोजना गर्ने योजना रहेको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरका निर्णायकको उपस्थितिमा मूल्याङ्कन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण इमेज च्यानलबाट गरिनेछ ।

सौन्दर्य प्रतियोगिता टु डर्मासँगको सहकार्यमा हुने र प्रतियोगिताको मुख्य प्रयोजक ग्लोबल स्कुल अफ साइन्स, टेलिभिजन पार्टनर इमेज टेलिभिजन, पेन्ट्स पार्टनर जस्मिन पेन्ट्स, टेलिकम पार्टनर नेपाल टेलिकम, भोटिङ पार्टनर खल्ती, इन्टरटेनमेन्ट पार्टनर क्यु एफ एक्स सिनेमा, हस्पिटल पार्टनर मेट्रो हस्पिटल, स्किन केयर पार्टनर फेस फरवार्ड रहेका छन् ।

साथै ग्रुमिङ पार्टनर हेयर एण्ड शान्ति, मेकअप पार्टनर मेकअप दरबार, द फिजिक वर्कशप, जिमखाना, नेपाल एयराइन्स, दाउरा थकाली, फिष्टेल एयर, टु मि, नेपाल टुरिजम बोर्ड, ट्रेण्डिङ नेपाल, रसुवा वाटर, स्कूल अफ ब्युटीसियन, रोयल सिङ्गि, रुटिन अफ नेपाल बन्द, भ्यू रेस्ट्रो एण्ड बार, गोदावरी भिलेज रिसोर्ट लगायत जोडिएका छन् ।

You might also like

Comments are closed.