काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर २ हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।
आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह ० दशमलव १३ र व्यापार समूह १ दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव ५० प्रतिशतले घटेको छ ।
बैंकिङ ० दशमलव ०३, विकास बैंक १ दशमलव २५, होटल तथा पर्यटन १ दशमलव ६७, जलविद्युत् ० दशमलव ०४ र लगानी ० दशमलव ४० प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बीमा समूह १ दशमलव २५, लघुवित्त १ दशमलव १५, म्युचुअल फन्ड ० दशमलव ७३, निर्जीवन बीमा समूह १ दशमलव ०४ र अन्य समूह ० दशमलव ४४ प्रतिशतले घटेको छ ।
मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको २ लाख ५६ हजार ७०८ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.